थप ९८ जनामा सङ्क्रमण पुष्टि
काठमाडौँ । देशमा आज ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार १ सय ५४ जनाको नमूना परीक्षण गर्दा ९८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर ५ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै आज एक लाख ६२ हजार ९७१ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्र रहेको मन्त्रालयले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २९० र ललितपुरमा ५४ र भक्तपुरमा आठ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्