तपाईँ सुन्दै हुनुहुन्छः

‘त्रिविलाई गुणस्तरीय जनशक्ति उत्पादन गर्ने स्थलका रुपमा विकास गर्नुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने स्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

त्रिभुवन स्मृति भवन कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालयको ६३ औँ वार्षिक दिवसको अवसरमा आज आयोजित समारोहमा विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री देउवाले समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा समाजको लागि उपयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आफ्नै देशमा उनीहरूका रुचि र बजारको मागअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाई राष्ट्रको ठूलो धनराशि जोगाउन विश्वविद्यालयका पदाधिकारी समक्ष अनुरोध गर्नुभयो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले गौरवशाली इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयबाट उत्पादित जनशक्तिले नै मुलुकको राजनीति, प्रशासन, शिक्षा र व्यवसाय धानिरहेको उल्लेख गर्दै विश्वविद्यालयको व्यवस्थापन तथा पदाधिकारीविरुद्ध पछिल्ला दिनमा गैर प्राज्ञिक तथा अराजनीतिक गतिविधिमार्फत नाजायज माग पूरा गराउन भइरहेको गलत प्रयासको अन्त्य हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button