प्रतिनिधि सभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत
काठमाडौँ । प्रतिनिधि सभामा नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सरकारका तर्फबाट गृह मन्त्री बालकृष्ण खाणले “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा सांसद्हरुले सरकारको नागरिकता विधेयक फिर्ता लिने प्रस्तावप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सांसद भीम रावल, बिन्दा पाण्डे, विमला विश्वकर्मा, शान्ता चौधरी र झपड बहादुर रावल लगायतले विधेयकमा रहेका कमीकमजोरी सुधार गरेर पास गर्नुपर्ने भन्दै छलफलमा रहेको विधेयक फिर्ता लिन नहुने बताउनुभयो ।
बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता लिनबाट वञ्चित नेपाली नागरिकहरूलाई छिटो भन्दा छिटो नागरिकता प्रदान गर्न नागरिकता विधेयक फिर्ता लिइएको बताउनुभयो ।
उहाँले नागरिकता प्रदान गर्न बाधा उत्पन्न भएकाले नागरिकता नपाएका नेपाली नागरिकहरूलाई सहज रुपमा नागरिकता दिन विधेयक फिर्ता लिनुपरेको धारणा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्