मानव सेवा आश्रमद्वारा मेलम्चीका ६ सडक मानवको उद्धार

सिन्धुपाल्चोक । मानव सेवा आश्रम भक्तपुरले सडक मानवरहित बनाउने उद्देश्यका साथ मेलम्चीका बेवारिस नागरिकहरूको उद्धार गरेको छ ।
मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको पहलमा मेलम्चीको बेवारिस व्यक्तिहरूको उद्धार भएको हो ।
उहाँले सडकमै खाने ,बस्ने ,महिलाहरूलाई पिट्ने लखेट्ने लगायतका गतिविधि गर्न थालेपछि मेलम्ची नगरपालिकालाई सडक मानवमुक्त बनाउने उद्देश्यले उनीहरूलाई आश्रममा पठाइएको उपप्रमुख प्रधानले बताउनुभयो ।

आश्रमका गण्डकी प्रदेश संयोजक सुमिरा लामाले विगत देखिनै सडक मानवरहित बनाउन संस्थाले काम गर्दै आएको जानकारी दिनुभयो ।
संस्थाले खुला आकाशमुनि रात बिताउन विवश घर परिवारविहीन, परिवार तथा समाजबाट हेपिएका, बेसहारा, अनाथ, असक्त, अपाङ्गता भएका, असहाय एवं मनोरोगी तथा जीवन नै जोखिममा रहेका हरेक उमेर समूहका सहाराको आवश्यक भएका मानवहरूलाई स्थानीय तहसँगको समन्वयमा तत्काल उद्धार, उपचार, पालनपोषण तथा उचित वातावरणको उपलब्ध गराउने सेवा गरिरहेको जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्