तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा चट्याङ लागेर दुईजनाको मृत्यु, एक गम्भीर घाइते

बागलुङ । बागलुङको निसीखोलामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने  एक जना गम्भीर घाइते भएका छन् । 

बुधवार राति वर्षासँगै परेको चट्याङ लागेर  निसीखोला–३ की ६६ वर्षीया नरमति घर्ती र वडा नम्बर ६ की १६ वर्षीया किशोरी ज्ञानमला परियारको मृत्यु भएको बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मृतक मध्य नरमतिका आफन्तको घरमा पाहुना बस्न गएको बेला राति ८ बजे चट्याङ लागि गम्भीर घाइते भएको र उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । उपचारको क्रममा पौने २ बजे नै मृत्यु भएको रानाले बताउनुभयो । 

चट्याङ लाग्दा वडा नम्बर ६ की ३३ वर्षीया ननसरा परियार गम्भीर घाइते भएकोले निसी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button