तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना कम गर्न नियमन प्रभावकारी बनाउन सांसदहरूको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

विशेष समयमा बोल्दै सांसदहरुले रासायनिक मल ल्याउने प्रतिबद्धता अनुसार चाँडो ल्याउनुपर्ने, प्राङगारिक मलको प्रयोग बढाउनुपर्ने, स्वदेशी उत्पादन बढाई आयात घटाउनुपर्ने माग गर्नुभयो । 

सांसदहरुले सार्वजनिक पद धारण गरेका व्यक्ति माथि प्रश्न उठेपछि नैतिकता देखाउनुपर्ने, सवारी दुर्घटना बढेको भन्दै सवारी नियमन र व्यवस्थापन गर्नुपर्ने, सवारी चालकलाई विना आराम गाडी चलाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, साँघुरो तथा कच्ची रोड व्यवस्थित नहुँदा दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । 

सांसदहरुले मेलम्ची खानेपानी आयोजना, पुष्पलाल राजमार्ग, बबई सिँचाई आयोजना कहिले पुरा हुन्छ भन्दै प्रश्न गर्नुभयो । 

राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो । 

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक,२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक,२०७९ सभा समक्ष टेबुल गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button