तपाईँ सुन्दै हुनुहुन्छः

रुसी आक्रमणका कारण युक्रेनको पूर्वी प्रान्तहरू भग्नावशेषमा परिणत

काठमाडौं । युक्रेनको पूर्वी प्रान्तहरू लुहान्स्क र डोनेस्कका गभर्नरले रुसले गत २४ घण्टामा भीषण हवाई आक्रमण गरेको जसका कारण व्यापक जनघनको क्षति भएको बताउनु भएको छ । 

युक्रेनको पूर्वी क्षेत्रका सहर र गाउँहरू रुसी क्षेप्यास्त्र आक्रमणका कारण भग्नावशेषमा परिणत भएको सञ्चार माध्यम अलजजिराले जनाएको छ । 

हवाई आक्रमणमा हाल सम्म ८ सर्वसाधारणको मृत्यु भइसकेको र २५ जना भन्दा बढी घाइते भएका अलजजिराले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button