अपाङ्गता भएका व्यक्तिलाई बाख्राको माउ सहयोग

तनहुँ । भिमाद नगरपालिकाले अपाङ्गता भएकाहरूको जीविकोपार्जनका लागि बाख्राको माउ सहयोग गरेको छ ।
नगरपालिकाभित्र रहेको मध्यम र सामान्य अपाङ्गता भएकाहरूको आवश्यकता अनुसार बाख्राको माउ सहयोग गरिएको हो ।
नगरपालिकाका विभिन्न वडामा रहेको अपाङ्गता भएकाहरूको माग अनुसार ३६ जनालाई प्रजनन योग्य बाख्राको माउ वितरण गरिएको अपाङ्गता समन्वय समिति भिमाद नगरपालिकाले जनाएको छ ।
विभिन्न वडामा पुगेर लक्षित व्यक्तिहरूलाई नगरपालिकाका उपप्रमुख शारदा खनालले बाख्रा वितरण गर्नुभएको छ ।

यस्तै नगरपालिकामा आज एक कार्यक्रम आयोजना गरी यहाँका २० जना विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री प्रदान गरिएको छ । समितिका सदस्य विष्णुप्रसाद गौतमले ६ जनालाई ह्विलचियर, पाँच जनालाई वैशाखी, दुई जनालाई एल्वो स्टिक र सात जनालाई सेतो छडी प्रदान गरिएको जानकारी दिनुभयो ।
अपाङ्गता भएको व्यक्तिहरूलाई सहायता सामाग्री हस्तान्तरण गर्दै उपप्रमुख खनालले नगरपालिकाको सहयोगलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले विभिन्न कारणले विपन्न अवस्थामा रहेकाहरूको लागि नगरपालिका सहायता रुपमा रहने आश्वासन दिनुभयो ।
भिमाद नगरपालिकामा विभिन्न किसिमको अपाङ्गता भएका ४३८ जनाको पहिचान गरी वर्ग अनुसार कार्ड उपलब्ध गराएको अपाङ्गता समन्वय समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्