तपाईँ सुन्दै हुनुहुन्छः

असार २६ गते सार्वजनिक बिदा 

File Photo

काठमाडौँ । सरकारले असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार २६ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को दिन परेकोले सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

नेपाल राजपत्रमा २०७८/११/२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले सो दिन देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएकाे गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button