तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिकाको सिंगौलमा बाघ आतङ्क

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलमा बाघ आतङ्क बढेको छ । 

लालीगुराँस समुदायमा केही दिन यता पाटे बाघले आतङ्क मच्चाउँदा स्थानीयमा त्रास फैलेको हो । दुई दिनको अन्तरालमा बाघले चर्न गएका तीन वटा बाख्रा खाइसकेको छ । 

बाख्रासँगै गोठालो हुँदाहुँदै बाघले बाख्रा मार्ने गरेको स्थानीय प्रेमबहादुर राना मगरले बताउनुभयो । बस्तु भाउ चराउनु जाने गोठालाहरूमा त्रास फैलिएको छ । बाघको त्रास बढ्दै गएकोले वडा नम्बर ३ को स्थानीयले बाघ लखेट्नको लागि पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन् ।                                                      

प्रतिक्रिया राख्नुहोस्

Back to top button