रोल्पामा डोजरमाथि आगजनी
रोल्पा । रोल्पाको झीनुवामा रोकिराखेको डोजरमा गएराती अज्ञात समूहले आगजनी गरेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ५ र माडी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने झिनुवा भन्ने ठाउँमा डोजरमाथि आगजनी भएको प्रहरीले बताएको छ ।
जुगारको नेर्पा घर्तिगाँउ सडक खण्डमा रोकिराखेको बा २ क ८३६१ नम्बरको डोजरमाथि मध्यराति करिब साढे २ बजेको समयमा आगजनी भएको र आगजनीबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।
चालक सन्दीप कुमालले राति विस्फोटको ठूलो आवाज सुनेपछि बाहिर निस्केर हेर्दा डोजरमा आगो लागिरहेको देखेपछि गाउँलेसँग हारगुहार गरी आगो निभाउने प्रयास गरेपनि निभाउन नसकेको चालक कुमालले प्रहरी समक्ष बताएको प्रहरी प्रमुख घिमिरेले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्