माओवादी बैठक स्थगन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजका लागि बोलाइएको केन्द्रिय समिति बैठक पुनः स्थगित गरिएको छ ।
आजै प्रतिनिधिसभाको बैठकसमेत परेको भन्दै आज दिउसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मङ्गलवार पनि स्थगित भएको थियो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको थियो ।
माओवादी केन्द्रको असार १९ गते बसेको पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षहरूले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको थियो ।
बैठकमा सहभागीहरूले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तर्घात छानविन गर्नुपर्ने र बैठकले पदाधिकारी टुङ्गो लगाउनुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्