तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन क्षेत्रको पुनरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

पर्यटन नेपालको आर्थिक विकासको महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्नुहुँदै मन्त्री श्रेष्ठले बोर्डलाई नयाँ बजेट निर्माण गर्दा रोजगारी सिर्जना हुने गरी बजेट निर्माण गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button