माओवादी केन्द्रको साङ्गठनिक प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को साङ्गठनिक प्रस्ताव तयार गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो प्रस्ताव तयार गर्ने जिम्मा पार्टी अध्यक्ष ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।
पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेकोले पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारीको विषयमा सम्पूर्ण जिम्मा अध्यक्ष ‘प्रचण्ड’ लाई दिएर सङ्गठनात्मक प्रस्ताव तयार गर्ने निर्णय गरेको प्रेस संयोजक शर्माले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्