फरार प्रतिवादी पक्राउ, कैद भुक्तानको लागि कारागार चलान
सुनसरी । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीको २०७८ असार २२ गतेको फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान–१६ की ४६ वर्षीया सरिता भनिने कृष्ण कुमारी लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो ।
पक्राउ परेकी लिम्बुलाई सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागि कारागार चलान गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्