तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिमानी गायक राइको टोलीलाई प्रमाणपत्र प्रदान

सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा गीत रेकर्ड तथा भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने सोलुखुम्बुका गायक टेकबहादुर राई (नाछिरिङ) को टोलीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व कीर्तिमानी नेपाली युवाहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाइमा ‘सुन्दर हिमाल’ बोलको गीतको लाइभ रेकर्डिङ तथा छायाङ्कन गरेर ‘द हाईएष्ट म्युजिक भिडियो अन ल्यान्ड’ विधामा विश्व कीर्तिमान कायम भएको हो ।

कीर्तिमानी टोलीमा गायिका माया गुरुङ, गीतकार तथा निर्देशक बुद्धिराज राई, मोडल सृजना किराँती र शिखरजङ्ग श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी सङ्गीतकार धनकुमार राई, एरेञ्जर, राजु कार्की सिनेमाटोग्राफर गङ्गाराम राई, वाद्यबादक शिवराज जोशी र डम्बर सिंह राईलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ ।

विश्व कीर्तिमानी समाजको आयोजनामा भएको कार्यक्रममा प्रमाणपत्र ग्रहण गर्दै गायक राइले कीर्तिमान सोलुखुम्बुको मात्र नभई देशकै गौरव भएको बताउनुभयो ।
तस्विरः शिखरजङ्ग श्रेष्ठ

प्रतिक्रिया राख्नुहोस्

Back to top button