तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिको दुरुपयोग गरी चरित्र हत्या गर्ने काम भयो : वली 

सल्यान । नेकपा एमाले कर्णाली प्रदेशका प्रमुख सचेतक  गुलाबजंग शाहसँगको टिकटकले विवादमा परेकी एमाले नेतृले प्रविधिको दुरुपयोग गरिएको बताएकी छन् । 

शाहलाई जोडेर अन्तर सम्बन्ध झल्कने भिडियो सार्वजनिक भएपछि एमाले नेतृ टिका वलीले मङ्गलवार पत्रकार सम्मेलन गरेर आफूले सार्वजनिक भएको टिकटक गुलाबजंग शाहसँग नभई आफ्नै श्रीमानसँग भएको बताएकी छन् । 

सामाजिक सञ्जालको दुरुपयोग गरेर जसले भिडियो सार्वजनिक गरे त्यसका विरुद्ध आफूले साइवर क्राइम सम्बन्धी मुद्दा प्रक्रिया अगाडि बढाउने बताइन । स्थानीय तहको निर्वाचन पछि आफूले कुनै पनि टिकटक नबनाएको र त्यो भिडियो आफूले नबनाएको समेत दाबी गरिन  ।

तपाइकै आइडी मार्फत कसरी भिडियो सार्वजनिक भयो ? र त्यो भिडियो सार्वजनिक भएको केही दिनमै तपाईँले बनाएका सबै टिकटक कसरी डिलिट गरियो भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन मेरो आइडी अरू कसैले ह्याक गरेकाले श्रीमानसँग बनाएको भिडियोमा कर्णाली प्रदेशका सांसद गुलाबजंग शाहलाई जोडेर बनाएको हो । आफूले बनाएका सबै टिकटक आफूले स्टोरीमा राख्ने गरेकाले त्यो आइटी अरू कसैले ह्याक गरेको वलीले दाबी गरिन ।

आफूले तत्कार मुद्दा प्रक्रिया अगाडि बढाउने र त्यसमा सहयोग गरी दिन पत्रकारलाई आग्रह समेत गरेकी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button