रामेछापको लुभुमा बस दुर्घटना : ९ जनाको मृत्यु,२८ घाइते

रामेछाप । रामेछाप जिल्लाकाे सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मंगलबार बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटना परी घाइते भएका २८ जनामध्ये ३ जनालाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको सुनापाती गाउँपालिकाका प्रमुख ठुलोकान्छा तामाङले जानकारी दिनुभयो । बाँकी २५ जना घाइतेको गाउँपालिकाको एम्बुलेन्स र सार्वजनिक सवारीबाट उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्