तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको भजनी नगरपालिका साक्षर नगरपालिका घोषणा

कैलाली । कैलालीको भजनी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ ।

नगरपालिका भित्रका १५ देखि ६० वर्ष उमेर समूहका ९७ प्रतिशत नागरिक साक्षर भएसँगै आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिका भित्रका ३ हजार ७ सय ३४ घरधुरीको सर्वेक्षण गरिएको र सर्वेक्षणबाट सबै जना साक्षर भएको तथ्याङ्क आएपछि नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले जानकारी दिनुभयो ।

नगरपालिकालाई साक्षर घोषणा गर्दै नगर प्रमुख केवल चौधरीले यो साक्षरता दरलाई कायम राख्न सुझाव दिनुभयो । उहाँले अबका दिनमा बाँकी रहेका ३ प्रतिशत नागरिकलाई पनि साक्षर बनाउनेतर्फ नगरपालिकाको ध्यान जाने बताउँदै त्यसमा सहयोग गर्न नगरवासीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button