जवजको सार्थकताको विषयमा गोष्ठी

दोलखा । मदन भण्डारी फाउण्डेशन दोलखाले जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा बिहीबार वर्तमान परिवेशमा जनताको बहुदलीय जनवादको सार्थकता विषयक अन्तर्क्रिया आयोजना गरेको छ ।
कार्यक्रममा फाउण्डेशनका सचिव कृष्ण बस्नेतले जनताको बहुदलीय जनवाद (जवज) का १४ सिद्धान्तका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
फाउण्डेशनका अध्यक्ष हरिवंश चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेल, प्रदेश कमिटी सदस्य कालिका पाठक, चिरञ्जीवी मास्के, जिल्ला कमिटी सदस्य रोहितचन्द्र खड्का, रामप्रसाद सापकोटा, नेता होमप्रसाद पाठक लगायतले जननेता मदन भण्डारीको जवजको महत्त्व र योगदानको विषयमा चर्चा गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्