तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशसभा बैठक स्थगित

file photo

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button