मोटरसाइकलमा दुर्घटनामा परी दुई जनाको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ कमल बारीमा मोटरसाइकल र बलेरो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौडा–१३ बस्ने २६ वर्षका मोटरसाइकल चालक जयराम मोक्तान र मोटरसाइकलको पछाडि सवार भीमफेदी–१ बस्ने दीपेश गोले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । दुवैको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले पुष्टि गर्नुभयो ।
पृथ्वी राजमार्ग अन्तगत डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्