राजस्व छली भित्र्याइएको सामानसहित ट्रक बरामद
वीरगञ्ज । सशस्त्र प्रहरीले राजस्व छली भित्र्याइएको ट्रकसहित ५६ लाख ३० हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक स्थित वीरगञ्ज पथलैया सडक खण्डबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा ३१ लाख ३० हजार बराबरको भन्सार छली भित्र्याइएको प्रज्ञापन पत्र बिनाको स्टेशनरी सामान, कपडा, पङ्खा, इलेक्ट्रोनिक समान, ब्याग, साइकलको पार्ट, औषधी र अन्य खुद्रा सामान बोकेको ना. ३ ख. ३९५० नम्बरको ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा थप कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
बरामद गरिएको सामान ३१ लाख ३० हजार र ट्रकको मूल्य २५ लाख कायम गरी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्