तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढिरहेको बताउनुभएको छ ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद: चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको बताउनुभयो ।

१० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक मान्यता स्थापित भएको उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिलाई कमजोरी ठान्नु इतिहासप्रति अन्याय हुने बताउनुभयो ।

संविधानको प्रस्तावनामा नै मुलुक समाजवाद उन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री दाहालले नागरिकको जीवन स्तरलाई माथि उठाउन संविधानमा धेरै महत्त्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताउनुभयो ।

अध्यक्ष दाहालले परिवर्तनलाई जनताको घर दैलोमा पुर्‍याउने र जनताले अनुभूत गर्ने गरी विकास र समृद्धि ल्याउनुपर्नेमा राजनीतिक नेतृत्वबिच समान सोच बन्न नसकेको बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button