बागमती प्रदेशको विनियोजित विधेयक, २०७९ स्वीकृत
हेटौँडा । बागमती प्रदेश सभाको आज बसेको बैठकले विनियोजन विधेयक, २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
मन्त्री जमरकट्टेलले प्रदेशसभा बैठकमा पेश गर्नुभएको सो प्रस्तावको विपक्षमा सांसद नदेखिएपछि सभामुख सानुकुमार श्रेष्ठले उक्त विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गर्नुभयो । आजको बैठकमा मन्त्री जमरकट्टेलले आगामी आव २०७९/०८० का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि विपक्षी दलले उठाएको प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्