तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा धारिलो हतियार प्रहार गरी आमाको हत्या 

चितवन । चितवनमा धारिलो हतियार प्रहार गरी आफ्नै छोराले आमाको हत्या  गरेका छन्  । माडी नगरपालिका वडा नम्बर ६ स्याउलीबासका अर्जुन तामाङ्गले आफ्नी आमा मायादेवी तामाङको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउसो सवा ३ बजे आफ्नो घरदेखि सय मिटर पर मकैबारीमा पछाडिबाट धारिलो हतियार प्रहार गर्दा मायादेवीको मृत्यु भएको हो । 

धारिलो हतियार प्रहार गरेर हत्या गरेको स्थानीयले जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी अर्जुनलाई नियन्त्रणमा लिएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो  । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button