तपाईँ सुन्दै हुनुहुन्छः

नमुना खानेपानी आयोजना निर्माण हुँदा बारागाँउबासी उत्साहित

जुम्ला । तातोपानी गाउँपालिका ७ दुर्गम बारागाउँमा वर्षौँपछि नमुना खानेपानी आयोजना निर्माण हुँदा स्थानीयवासी उत्साहित भएका छन् ।

अब एक गाग्री पानीका लागि युद्ध लड्नुपर्ने बाध्यताको अन्त्य हुने आशा पलाएको छ । स्थानीय सुन्तली रावतले भन्नुभयो,“अब सुबिस्ता हुन्छ कि ? गाउँमा ठुलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढी राहत हुने आशा छ भने सरसफाइ, सिँचाइ देखि शुद्ध पानी घरमै पाउने छौँ ।”

बारागाउँमा झण्डै १ सय ७२ घरधुरी र करिब ११ सय जनसङ्ख्या २ वटा मात्रै धाराको भरमा छन् ।

पेश नेपाल जुम्लाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजना मार्फत बारागाउँमा नमुना बृहत् बहुउपयोगी खानेपानी आयोजना बनेको हो । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ ।

पेश नेपालको ६० लाख बढी लगानी तथा प्राविधिक सहयोग र उपभोक्ताको शून्य श्रमदानमा आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । त्यसका साथै पेश नेपालले जिल्लाका तातोपानी हिमा, र तिलामा करोड बढीको लागतमा नमुना सामुदायिक सेवा केन्द्रका भवन निर्माण गरेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button