बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ
पाल्पा । बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षका भक्तबहादुर झेडी रहेका छन् ।
गएको असार ७ गते साँझ पौने ८ बजेतिर स्थानीय १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
रिब्दीकोट ६, ठिमुरेस्थित वाङ्सुरुङ् सामुदायिक वनको जङ्गलमा लगेर बालिकामाथि जबर्जस्ती भएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्