जी सेभेनले विकास उन्मुख राष्ट्रहरूमा पूर्वाधार निर्माणका लागी ६ खर्ब अमेरिकी डलर लगानी गर्ने

बभेरिया । विश्वका समृद्ध राष्ट्रहरूको समूह जी सेभेनको सम्मेलनले विकास उन्मुख राष्ट्रहरूमा पूर्वाधार निर्माणका लागी ६ खर्ब अमेरिकी डलर बराबरको अनुदान तथा लगानी गर्ने भएको छ ।
युरोपेली आयोगका अध्यक्ष उरसुला भोनडर लाएनले उक्त रकमले कोभिड १९ को महामारी पछिको पुनः निर्माण र रुस युक्रेन युद्ध का कारण परेको प्रतिकुल असर कम गर्न विकास उन्मुख राष्ट्रहरूलाई सहयोग गर्ने बताउनु भएको छ ।
६ खर्ब मध्य २ खर्ब अमेरिकाले दिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनु भएको छ । राष्ट्रपति बाइडेनले उक्त अनुदान र लगानीले विकसित र विकास उन्मुख दुबै राष्ट्रहरूको विकासमा दीर्घकालीन रूपमा टेवा पुग्न बताउनु भयो ।
जर्मनीको बभेरियामा जारी समृद्ध राष्ट्रहरू जी सेभेनक तीन दिने सम्मेलनले रुस विरुद्ध ठोस कदम उठाउन सक्ने संचार माध्यमहरूले उल्लेख गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्