जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी
तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् ।
समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित हुनुभएको हो । वाग्ले व्यास नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
यसैगरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का वासुदेव थापा निर्विरोध निर्वाचित हुनुभएको छ । थापा आँबुखैरेनी गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
जिसस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रबिच सहकार्य गर्ने सहमति बमोजिम सदस्यमा काँग्रेसका तर्फबाट छ र माओवादीका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) ले भने उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्