तपाईँ सुन्दै हुनुहुन्छः

इलामको माङसेबुङमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

इलाम । इलामको माङसेबुङमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

माङसेबुङ गाउँपालिका–२ दह गाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका–६ का ५० वर्षीय जयकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार मध्यान्ह १२ बजे पाँचथरको रविबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो ।

दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी गङ्गा बहादुर थापाले जानकारी दिनुभयो । चालक सामान्य घाइते छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button