तपाईँ सुन्दै हुनुहुन्छः

समुदाय–प्रहरी–साझेदारी: लागु औषध प्रयोग तथा ओसारपसार विरुद्ध र्‍याली

बारा । बाराको कलैयामा समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध प्रयोग तथा ओसारपसार विरुद्ध र्‍याली निकालिएको छ ।

लागु औषध प्रयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जुन २६ को उपलक्ष्यमा र्‍याली गरिएको बारा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

कलैया उप–महानगरपालिका–१ भरतचोक स्थित जिल्ला प्रहरी कार्यालय बारा, श्री ने.रा.मा.वि.कलैया र मनकामना इङ्ग्लिस बोर्डिङ स्कुल कलैया बाराको संयुक्त आयोजनामा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

जिल्ला प्रहरी कार्यालयको प्राङ्गणबाट निकालिएको र्‍याली नगर परिक्रमा गरी भरत चोकमा आई कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button