पोखरामा सडक भासियो

कास्की । अविरल वर्षाका कारण पोखराको सडक भासिएको छ । पोखरा वडा नम्बर ४ को फिर्केमा सडक भासिएको हो । सडक भासिएर दुई चिरा परेको छ ।
केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरिया कर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनुभयो ।
सडक भासिएसँगै सडक किनारमा रहेको एउटा कच्चिघरमासमेत भ्वाङ परेको छ । यसैबीच भासिएको सडकको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत अनुगमन गर्नुभएको छ । बर्खा लागे सँगै पोखरा उपत्यकाका धेरै ठाउँहरूमा सडक भासिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्