तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला: तातोपानीको बजेट ५२ करोड ६६ लाख

जुम्ला । जुम्लाका आठै वटै स्थानीय तहले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । सबै स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।

जस अन्तर्गत तातोपानी गाउँपालिकाले ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँको बजेट ल्याएको छ ।

उपाध्यक्ष रेवती रावलले प्रस्तुत गर्नुभएको बजेट वक्तव्य अनुसार तातोपानीले समग्रमा सडकतर्फ १ करोड ८२ लाख, ५० हजार, शिक्षातर्फ १ करोड ७३ लाख ५० हजार, स्वास्थ्यमा १ करोड १४ लाख ५० हजार, कृषिमा ८८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, खानेपानी तथा सरसफाईमा १ करोड ६६ लाख ७५ हजार, नदी नियन्त्रणमा ५५ लाख, खेलकुद, पर्यटन तथा सांस्कृतिक संरक्षणका लागि ८६ करोड २५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनमा ४५ लाख, न्याय र कानुनमा ६ लाख, सूचना प्रविधिमा २७ लाख विनियोजन भएको छ ।

यसरी विभिन्न शीर्षकमा गरी आगामी आर्थिक वर्षका लागि ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बजेट छुटाइएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढथापाले बताउनुभयो ।

अध्यक्ष नन्द प्रसाद चौलागाईले घोषणापत्र अनुसार काम गर्न तथा जनताका भावनाको कदर गर्न ल्याइएका नीति कार्यक्रम कार्यान्वयनमा गम्भीर हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button