तपाईँ सुन्दै हुनुहुन्छः

बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ सुडामा बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान महेन्द्रनगरबाट बर्दियातर्फ सवार ना ४ ख ८०७७ नम्बरको यात्रुवाहक बसको ठक्करबाट साइकलमा सवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएपछि जोशीलाई महाकाली अस्पताल लगिए पनि त्यहाँ पुर्‍याउँदा उहाँको मृत्यु भइसकेको थियो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button