तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने छोटो दुरीको सडक अवरुद्ध भएको छ । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्गको दुई स्थानमा पहिरो गएपछि सवारी आवागमन ठप्प भएको हो ।

हेटौँडा–भिमफेदी–कुलेखानी–सिस्नेरी हुँदै काठमाडौँ जोड्ने सडकखण्ड अन्तरगत भैँसे–भिमफेदी सडकखण्ड र इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङमा पहिरो खसेपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि उक्त सडक भई चल्ने यातायात दुईतर्फी अवरुद्ध भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार कुलेखानी–सिस्नेरीतर्फ अन्दाजी १० मिटर सडकमा पहिरो खसेको छ । सडक अवरुद्ध भएपछि काठमाडौँबाट आएका यात्रु सडकमै रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button