तपाईँ सुन्दै हुनुहुन्छः

बाघ खोलाले ट्याम्पो बगाउँदा सुनसरीमा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले ट्याम्पो बगाउँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ पौने ८ बजेको समयमा चतराबाट धरानतर्फ आउँदै गरेको को२ह ८९८५ नम्बरको ट्याम्पो अचानक बाघ खोलाले बगाउँदा ट्याम्पोमा सवार वराहक्षेत्र नगरपालिका–१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान–१७ का २२ वर्षीय राजु राई बेपत्ता भएका थिए ।

ट्याम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाइते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो ।

घाइते चालकलाई उपचारको लागि धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 

मृतक राईको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button