तपाईँ सुन्दै हुनुहुन्छः

भूमिहीनलाई धनीपूर्जा दिन झापामा स्थलगत नापजाँच शुरु

भद्रपुर, झापा । झापामा आइतबारदेखि भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनीपूर्जा वितरणका लागि जग्गाको नापजाँच शुरु गरिएको छ ।

जिल्लाको कमल गाउँपालिकामा नापजाँच शुरु गरिएको हो । भूमि आयोगको कार्यालय झापा, नापी कार्यालय दमक र गाउँपालिकाको कार्यालयको समन्वयमा पाँच जनाको टोलीले स्थलगत रुपमा काम शुरु गरेका छन् ।

कमल ५ स्थित सिम्ले, क्याम्पामा आयोजित संक्षिप्त कार्यक्रमकाबीच आयोगका अध्यक्ष तिलकसिंह पाण्डेले सो क्षेत्रको १ सय ५० बिगाहा जग्गा नापजाँचको निवेदन उपर अन्तिम सुनुवाइ गरेर जग्गा धनीपूर्जा वितरणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

जग्गा नापजाँच शुरु भएसँगै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पुस्तौँदेखि जग्गा भोगचलन गरेर पनि स्वामित्व पाउन नसकेका कमल गाउँपालिकाबासीको समग्र भूमि सम्बन्धी समस्या विस्तारै समाधान हुँदैै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button