गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ: पूर्व मन्त्री बस्नेत
सिन्धुपाल्चोक । भौतिक पुर्वाधारसंगै गुणस्तरीय शिक्षामा ध्यान दिन पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले आग्रह गर्नुभएको छ ।

आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु– ३ पाल्चोकको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो । उहाँले नेपाली काँग्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो ।
‘शिक्षा विकास तथा समन्वय इकाई’को सहयोगमा निर्मित ४ कोठे पक्की भवनको बस्नेतले उद्घाटन गर्नुभएको हो ।
इकाईको ६९ लाख ७० हजार सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।








प्रतिक्रिया राख्नुहोस्