तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षको मृत्यु

जाजरकोट। कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताउनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जित्नुभएको थियो । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button