तपाईँ सुन्दै हुनुहुन्छः

विकासलाई प्रचार गर्न नसक्दा कांग्रेस पछि पर्‍यो: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्यान्डेट जनताले दिए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले देशको विकास होस् भन्ने काँग्रेसको रहेको तर कम्युनिस्टहरूकै झगडाका कारण काँग्रेस नेतृत्वमा सरकार बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button