तपाईँ सुन्दै हुनुहुन्छः

‘दक्षिण एसियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

गण्डकी । ‘दक्षिण एसियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवं त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण क्याम्पस, पोखराद्वारा संयुक्त रूपमा आयोजित सम्मेलन मार्फत दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित सङ्ग्रहालय र स्मारक, आदिवासी, भाषा र साहित्य, पर्यटन, वातावरण र इकोक्रिटिकिज्म, सिनेमा, प्रदर्शन र दृश्यकलाका साथै न्यू मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित गरिने छ ।

सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, बङ्गलादेश र इटालीका १५ वटा विश्वविद्यालयबाट प्राध्यापक, विद्वान्, स्वयंसेवक एवं अनुसन्धानकर्ता गरी ८६ जनाको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button