रारा फुटबल क्लब भलुवा गोल्डकप फुटबलको फाइनलमा प्रवेश
सुनसरी । सुनसरीको भलुवामा जारी ८ औँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा रारा फुटबल क्लब राजारानी धनकुटाले पथरी स्पोर्टिङ क्लब मोरङलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ ।

खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब राजारानी धनकुटाका खेलाडी पदम भट्टराई घोषित भए ।
उनलाई खेलका प्रमुख अतिथि दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन ।
सोमबार हुने फाइनल खेल एभिनियर फुटबल क्लब क्यामरुन र रारा फुटबल क्लब राजारानी धनकुटाका बिच हुने आयोजकले जनाएको छ ।
भलुवा गोल्डकपको उपाधि विजेताले नगद ३ लाखसहित शिल्ड र मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले नगद डेढ लाखसहित शिल्ड मेडल प्राप्त गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्