तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी  सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । 

आज बिहान ११ः३५ बजे चितवनको इच्छाकामना–६ तोपेखोलामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर अहिले साँझ ५ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button