वृद्धको हत्याको अभियोगमा एक युवक पक्राउ
बारा । बारामा एक वृद्धको हत्याको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहा रहेका छन् । तुरहालाई ७२ वर्षीय अहमद मियाँ चुडिहारको हत्या अभियोगमा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
जेठ २६ गते राति साँढे ८ बजे आँपको बगैँचामा फुसको छाप्रोमा सुतिरहेको अवस्थामा चुडिहारको हत्या भएको थियो भने जेठ २७ गते शव फेला परेको थियो ।








प्रतिक्रिया राख्नुहोस्