तपाईँ सुन्दै हुनुहुन्छः

बाँसको मुढा बनाउने तालिम सम्पन्न

बारा । बाराको कलैया उपमहानगरपालिका–९ मा बाँसको मुढा बनाउने तालिम सम्पन्न भएको छ ।

रामपुर स्थित लोढिया टोलमा १५ दिने बासको मुढा बनाउने आधारभूत तालिमको समापन भएको हो ।

झिगु मित्र र लुमन्ती आवासको लागि सहयोग समूहको संयुक्त सहयोग र सहरी गरिबी निवारण मञ्चको आयोजनामा तालिम भएको मञ्चको अध्यक्ष रवीन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

तालिममा सहभागीहरूलाई प्रमाण पत्र र प्रशिक्षकलाई कदर पत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button