बाढी पहिरोको जोखिम भएपछि लिंखिमका विद्यालयहरू आइतबारदेखि बन्द हुने
ताप्लेजुङ । अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ लिंखिमका विद्यालयहरू आइतबारदेखि बन्द हुनुभएका छन् ।
एक मा।वि। र आठ आधारभूत गरी नौ वटा विद्यालय रहेको यहाँका विद्यार्थीहरू विद्यालय आउने वातावरण नभएपछि पालिका र वडाको निर्देशनमा बन्द गर्ने निर्णय भएको सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतमले जानकारी दिनुभयो ।
विद्यार्थीहरू विद्यालय आउने बाटो अवरुद्ध भएको र कतिपय ठाउँ पहिरोको जोखिम भएकाले पालिका अध्यक्षसँग समन्वय गरेर बिदाको सहमति गरिएको वडाध्यक्ष आइतराम लिम्बुले जानकारी दिनुभयो ।
माविमा टाढादेखिका खोलामा पुल तरेर आउनु पर्छ कतिपय जोखिममा छ त्यसैले बिदा दिएको बताइएको छ । तमोर नदीको छेउमा रहेको सिवा बजारमा बाढी र पहिरोको जोखिम बढेपछि गाउँभरिका मान्छे विद्यालयमा आएर सुतेको गौतमले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहँदा तमोर नदीमा पानीको सतह बढेको छ ।







प्रतिक्रिया राख्नुहोस्