सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकमा टिपर चलाउन रोक
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकमा टिपर चलाउन रोक लगाइएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको जनाएको छ ।
सडक डिभिजनले सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनमा रोक लगाएको हो ।
यो सडक अत्याधिक जोखिमपूर्ण रहेको र वर्षाको समयमा पहिरोले दिनहुँ जसो अवरुद्ध हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्