तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियतामाथि संकट पैदा हुन नदिन एकताबद्ध हुनुपर्नेमा सांसदहरूको जोड

फाइल तस्बिर

काठमाडौँ  । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले राष्ट्रियतामाथि संकट पैदा हुन नदिन एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले एसपीपी सम्झौता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र असंलग्न परराष्ट्र नीति विपरीत हुने बताउनुहुँदै सबै मुलुकसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विचलित हुन नहुने बताउनुभयो । उहाँले विकासका नाममा राष्ट्रियता विपरीतका सम्झौता स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । 

सांसद डा.विमला राई पौड्याल, तुलप्रसाद विश्वकर्मा लगायतका सांसदहरुले एसपीपी सम्झौता राष्ट्रियता विपरीत रहेकोले सम्झौता स्वीकार्य नहुने बताउनुभयो । 

सांसदहरुले बलात्कारबाट जन्म लिएको नाबालकको डिएनए परिक्षण, दोषीलाई कारबाही दायरामा ल्याउन लगायत माग राख्दै अनशनरत महोत्तरीकी नेहारीका मागलाई राज्यले तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button