बाढी प्रभावित लाभग्राहीको खातामा रकम पठाउन सुरु
सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी प्रभावित लाभग्राहीको खातामा रकम पठाउन सुरु भएको जनाएको छ । गत असार १ गतेको मेलम्ची बाढीले २६ जनाको निधन भयो भने धेरै भौतिक सम्पत्ती क्षति गर्यो ।
बाढीका कारण हेलम्बु गाउँपालिकामा २१८ घर, मेलम्ची नगरपालिकामा २५६ घर र पाँचपोखरी थाङपाल गाउँपालिकामा ६५ गरी ५३९ घर पुर्ण क्षती भएको थियो ।
निजी आवास अनुदान तर्फ मेलम्चीमा १५६ लाभग्राही र हेलम्बुमा १८२ लाभग्राहीको खातामा रकम पठाईएको प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले जानकारी दिनुभयो । स्थानीय तहवाट लाभग्राहीसँग सम्झौता भई आउने क्रम जारी रहेको र प्रगतिका आधारमा थप रकम पठाईने खनालले जानकारी दिनुभयो । पुर्ण घर क्षती भएकालाई पाँच लाख तीन किस्तामा उपलब्ध गराइने बताइएको छ ।पुनःस्थापना र राहतमा केही कामहरु अगाडि बढेतापनि धेरै काम गर्न बाँकी रहेको खनालले बताउनुभयो ।
यस अभियानमा स्थानीय तहवाट १० देखि १५ प्रतिशत र प्रदेश सरकारवाट ३० प्रतिशत रकम प्राप्त भईरहेको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि कार्य भै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
केही संरचनागत र प्रकृयागत ढिलाईका कारण ढिला भएको र अब पुनःनिर्माण र पुनःस्थापनाका कामहरुले तीव्रता लिने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
बाढी प्रभावित क्षेत्र मेलम्चीमा स्थलगत अनुगमन
प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल बाढी प्रभावित क्षेत्र मेलम्चीमा स्थलगत अनुगमन गर्नुभएको छ। खनाल संगै मेलम्ची नगर प्रमुख आइतमान तामाङ र स्थानीयवासीहरु लगायतले नदीले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभयो । मेलम्ची र इन्द्रावती नदीले मेलम्ची बजार क्षेत्र जोखिममा पारेको भन्दै प्रमुख जिल्ला अधिकारीले दीर्घकालीन योजना बनाएर तटबन्ध गर्नुपर्ने तर्फ आफुले जोड दिने बताउनुभयो ।
एक बर्ष अघि आएको बाढीले मेलम्ची बजारमा अर्बौको भौतिक क्षति भएको थियो । स्थलगत अवलोकन पछि नगरप्रमुख तामाङले जोखिममा रहेका बस्तीको व्यवस्थापनका लागि गम्भीर भएर पहल गर्ने र नदी कटान नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न निर्देशन दिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्